

गौरा पर्व
पञ्चमीदेखि गौरा पर्व सुरु भएपछि सप्तमीसम्मका लागि उपवास बस्ने गरिन्छ | गौरा मा व्रत बस्नाले मनोकामना पूरा हुने बिस्वास गरिन्छ | अपुतलाई पुत, पुत्र, सुखी जीवन प्राप्त हुने परम्परागत विश्वास छ ।सुदुर पश्विम प्रदेश मा दशैं, तिहारभन्दा पनि धुमधामसँग मनाइने गौरा पर्वको व्रत बसेमा पतिको दीर्घायुको साथै सुखी जीवन प्राप्त हुने जनविश्वास रहि आएको छ । यहि विश्वासले यो प्रदेशभरी सप्तमीसम्म महिलाहरु गौराको व्रत बस्ने गरेको छन् ।

देउडा खेल्ने संस्कृति जोगाउन कैलालीको भल्कामा देउडा खेल तथा हाटबजार
देउडा खेल्ने संस्कृति जोगाउन कैलालीको भल्कामा देउडा खेल तथा हाटबजार
म्यासेन्जरमा अंकुराएको प्रेम आर्याघाटमा खरानी
स्थानीय निकायको चुनाव थियो आफ्नो कामदेखि बिदा लिएर म सुदुर आफ्नो गाऊमा गएको थिए | चुनाव पश्चात् म आफ्नो कामको शिलशिलामा राजधानी फर्कने तयारीमा थिए | घर, गाऊ, साथि भाई, आफन्त सबैको एउटा मात्र उर्दी थियो अब बिहे नगरी गाऊ छोड्न नमिल्ने | हुन पनि उमेर ले ३२ पारगरिसक्दा गाउका सबै सह-पाठीले बिहे गरि सकेका थिए र सबैको दृष्टि यही कुरा माथि रहेको थियो | केहि आफन्तहरुले त ठाउ-ठाउमा रहेका केटीहरुको तिन पुस्ते समेत सुनाउदै थिए | सबैको भनाई एउटा नै थियो, कि यो भन्दा पहिले पनि सात समुन्द्र पारी बस्ने १ जना केटीसंग आफन्त मार्फत चलेको कुराले यति सम्म चर्चा भयो कि छोरो लाई अमेरिकी ग्रिन कार्ड होल्डरसंग बिहे गरेर पृथ्वीको स्वर्ग भनिने अमेरिका पठाउन पाईने भयो भनेर मख्ख र उनलाई पनि लाईक नै लागेर होला स्वदेश फर्किदा एप्पल फोनका नयाँ मोबाईल सिरिज अन्य यस्तै गिफ्ट स्वरूप हात सम्म पर्थे कति पटक इन्कार गरे तर त्यो सम्भव भएन | यी सवै कुरारहरु बाध्यताले शृजना भएका थिए |धन पैसा सम्पन्नताको सम्वन्ध मात्र सर्बोपरी होईन | बुज्दै जादा पछी अलि फरक भेटे त्यसपछी यो कुरा यत्तिकै सेलायो | यस भन्दा पहिले, बिहे एक ब्यक्तिगत कुरा हो, यो एक सामाजिक मामला हो भन्ने कहिल्यै अनुभूति भएन | त्यसैले सबैले यसै भन्छन् कि यो सम्पूर्ण कुराहरुले क्षण क्षणमा परिवर्तिन भईरहने बहुरुपी छ, यसलाई समय मै ठेगान लगाउनु पर्दछ |स्वाठ छोराले नमान्दा एक अभिभावक का लागि बिहे गरी ठेगान लगाउने कुरा सम्भव हुन सकेन | अन्तत: मान्छे आफ्नो मनको कैदी न हो यही मनले चाहेर प्रेम गरिन्छ, यही मनले चाहेर घृणा गरिन्छ | यहि मनले चाहेर बिहे गरिन्छ |
प्रसंग चुनाव पछिको हो चुनावको नतिजा हेर्नको लागि भनेर NTC को पोष्टपेड मोबाईलमा अनलिमिटेड डाटा लगेर फेसबुक अनलाईन न्युज अपडेट हेरी रहेको हुन्थे | एकदम सुस्त गतिको ईन्टरनेट गाउमा चल्थ्यो फेसबुकमा साथि भाईहरु संग चुनावको नतिजाको बारेमा पनि कुरा गरिरहेको हुन्थे | यसै बिचमा एकजना नयाँ केटि संग परिचय हुन पुग्यो बुज्दै जादा उनि परिचित भित्रकै रहेछन् | ढुंगा खोज्दा देउता भेटे जस्तै नजिक लाग्यो बोलियो | हुनत फेसबुकको चिनजान सस्तो र अर्थहीन हुने गर्छ तर पनि विस्वास गर्ने थुप्रै आधारहरु थिए | यसरी परिचय हुदै गर्दा आफु अन्म्यारिड रहेको र असल ईमान्दार व्यक्ति को खोजि रहेको आशय प्रकट गरिन् | आफ्नु पनि जताततै केटि कै कुरा चलेकोले गर्दा होला, यसै बिच हाम्रो कुरा बढ्दै गयो हामीविचको दुरी नजिकिन थाल्यो | मौखिक रुपमा सम्पूर्ण कुराहरु हुन थाल्यो | हुदा हुदा पत्तै नपाई कोइ केटिको नजिक पुगेर जिबनमा पहिलो पटक प्रेम गर्न थालेछु र उनि प्रतिको आकर्षण दिन प्रतिदिन गाढा हुदै गयो | उनको पनि आफूप्रतिको लगाव रहेको पाए, जुन पछी गएर बाहिरी आवरण र बोक्रा मै अल्झिएको थियो | सारमा भन्दा पनि रुप तर्फ, आन्तरिक भन्दा पनि बाह्य तर्फ,गहराई भन्दा पनि सतह तर्फ आकर्षित प्रेम थियो | जुन कालान्तरमा गएर घृणामा परिबर्तन हुने खतरा भईरहन्छ | आखिर त्यस्तै भयो | बास्तविकता के थियो भने फेसबुकमा देखिने फोटो आवरणमा उनको गहिरो प्रेम भएरै हुन सक्छ, उनमा पनि आकर्षणरहेको अनुभूति हुन थाल्यो | बिगत एक बर्ष देखि एक छाक खाना र पूर्ण रुपमा भेज बनेर कठिन रुपमा रहेको मेरो आनी बानीको प्रभावस्वरूप आएको परिवर्तन, जिर्ण स्वास्थ्यको असर एकातिर थियो जुन आउदो श्रावणमा सवै पुरा गर्दैछु | बास्तवमा यस्तै रुप रंगमा देखिएको परिवर्तन नै उनको लागि मुख्य कारण बनेको हुन सक्दछ |
यसरी कुरा अघि बढ्दै गयो हामीबीच भेट गर्ने कुरा भयो र अघिल्लो दिन भेट गर्ने भनेको अचानक नेपालगंजको यात्रा रहेको सुनाईंन उनि त्यसतर्फ गईन र सो रात ह्विस्की र पौडी पोखरीको लाईभ संगै समय बित्यो पछिल्लो दिन फर्केपछि भेट गर्ने कुरा भयो | निश्चय नै हामीबीच केहि सास्कृतिक भिन्नताहरु थिए, गाउको जीवन शैली संग परिचित र शहरिया जिबनशैली संग अभ्यस्त मेरो मस्तिष्कमा यी र यस्ता कुराहरुको भिन्नता छुट्याउन कुनै कठिनाई भएन | एक ब्यक्तिका सामाजिक चाल-चलन संस्कारहरुलाई आधुनिकताले कसरी प्रभाव पारेको छ भन्ने कुराहरु बुज्न पनि सजिलो भयो | मान्छेहरुलाई शहरिया समाजले अशल कुराहरु मात्र दिएको छैन यतिसम्म मति भ्रष्ट बनाएको छ कि जीवन भर असभ्यताको पाखण्ड बोकी हिडीरहोस् | निश्चय नै तिमी वा तिम्रो संगतले निर्माण गरेको बिचारले जिबनको एक क्षण आत्मग्लानि को रापमा जल्नुपर्ने बाध्यताबाट टाढा नरहेको अनुमान गर्न कठिन छैन |
भनिन्छ, मान्छे प्रेममा सपना देख्छ बिछोड पछी ब्युजिने गर्दछ | हामी बिचको गहिरो प्रेम अहिले तिब्र घृणामा परिबर्तन भएको अनुभूति भएको छ | तिमी रुप हेर्न आएकी थियौ, म हामी बिचको गुणको आदर्श नमुना के हुन सक्छ सोच्दै थिए, तिमीलाई रेष्टुराको बर्गर,पिजा र हुविस्की संगै रमाउन पठाईएको थियो वा आएकी थियौ, म दिनभरको थकान संगै खुल्ला आकासमा तिमीसंग गफिन चाहान्थे र ईश्वरको आशिर्बाद सदाका लागि प्राप्त गर्न चाहान्थे | तिमि हातमा ओईली जाने एउटा फुल थमाएर गरिने प्रेम प्रचलनमा विस्वास गर्थ्यौ, म सत्य निष्ठा भएर बचनबद्द रुपमा ईमान्दारीताको प्रेममा विस्वास गर्छु, | तिमी आखाले देखिने रुप रंग माथि प्रेम गर्छौ, यस्ता रुप रंग त क्षण क्षणमा बदलिने गर्छन् भलै समय लाई परिवर्तन गर्न नसकौला, आफुलाई परिवर्तन त मज्जाले गर्न सकिएकै छ | हामी निष्काम र निस्वार्थ थिएनौ | त्यसैले त हाम्रो स्वार्थमा भिन्नताहरु स्पष्ट देखिए र अव नचाहेर पनि छुटिनु वाहेक अर्को विकल्प नै के रह्यो र ? तिम्रो फेरिएको बिगत र वर्तमान हेर्दा लाग्छ, शायद केटी मान्छे अनेक पात्रको भूमिकामा यो संसारमा नक्कल गर्नकै लागि जन्मेका हुन् | तिमी यिनै नारी शुलभ क्रममा व्यस्त छौ | तिमी त्यति अवोध छैनौ बिगतको सम्वन्धलाई यति चाडै भुलेर केहि कुराले क्षणभरमै परिवर्तन हुन्छौ जस्तो | एकैछिन बिगतमा बोलेका शव्दहरु र व्यवहार लाई सम्झिने हो भने पनि तुच्छ एव हिनताबोधको पहाड बाट लडेर आफुलाई घाईते बनाउनु बाहेक अर्को उपाए छैन | तिमीले क्षणभर मै आफ्नो भेष बदलेर र आफ्नो मौलिक चेहेरालाई यति कुरूप बनायौ ताकी समयमै कसैले दिएको धोकाबाट कसैले जिबन बाच्ने कला त सिकेको छ | अक्सर हाम्रो जीवनको परिधिमा खुशी,मिलन केन्द्रमा बिछोड,आशु त छदै छ जुन कुरा सर्वथा स्वीकार्य छ | एकैछिन बिगतमा बोलेका शव्द र व्यवहार सम्झिदा यथेष्ट छ कि आफ्नो कर्ममा भुलेकी कर्तव्यच्युत नारी जुन अरुको लालचमा बाचेर जिबन भर मज्जाको स्वाद लिने चाहाना गर्दछ | हामी आधुनिक जीवनको खोक्रो आडम्बर र रक शैलीको आकर्षणसंग होईन व्यवहारिक जिबनको आदर्श संग नजिक रहने कोशिस गर्न सक्नुपर्थ्यो ताकी यो अल्पकालीन जिबन बाच्ने क्रममा केहि मधुरता र आनन्दको अनुभूति हुने गरोस् | अन्तत : धोकेबाज, बैमान र अति निकृष्ट स्वार्थीहरुको प्रेमजालमा परेपछि जे हुनुथ्यो त्यो भएरै छाडदछ | निहित स्वार्थ र वाहिरी आकर्षणको केन्द्र बिन्दुमा जव मानिस हुन थाल्द्छ जीवन यति सतही लाग्दछ कि व्यवहारिक जीवनका हरेक क्रियाकलापहरु बिर्सिदै जाने गर्दछन् | मलाई लाग्छ धोका त तिमीले जसले तिमीलाई आफु भन्दा धेरै माया गरेको छ त्यसबाट होईन, तिम्रा वरिपरी रहेका पाखण्डहरुको लालच बाट पाउने छौ, त्यसो नभईदियोस | राम्रो त्यति नै भयो जति हुनसक्यो | तिमी नहुदा पनि म संग हुनेछ जहाज भन्दा पनि त्रिब्र गतिमा दौडिने प्राण भन्दा प्रिय हावा, अनि यो घर भन्दा पनि न्यानो ओत दिने यो खुल्ला आकाश अनि धर्ती | ,
घृणाको फिलिंगो बनेर राकिनु परेको छ, प्रत्येक एक आफुसंग रहेको प्रेमको भावसंग पनि आर्याघाटको कालो कोईला बनेर जलिरह्नु परेको छ | यसरी राकिदा राकिदा एक ज्वाला बनेर प्रेमको आगलागीमा एक ढिक्का कन्चन बन्नुको सट्टा कालो धुवामा परिवर्तन हुदै कहिल्यै नमेटिने कालो दाग बनेर रहेको छ | निष्काम र निस्वार्थ प्रेम गर्दा घृणा को पात्र बन्नु पर्ने अवसर जुरेको छ | तपाई हामि त् मरेर जाने हो हामीले छोडेको घृणा र प्रेम यस संसारमा ठुंगठांग गरिरहने छन् | प्रेम पचाएर घृणा ओकल्नु पर्ने दुर्भाग्य आईलाग्दा साधुबाद |
जहाँ तिमी छौ त्यहा आफन्तहरुले भरिएको छ जिन्दगीका मोडहरु धेरै छन् तर ति कुनै मोडहरुमा पनि हाम्रो भेट नहोस् ,यदी भैहाल्यो भने पनि नजर जुधोस तर बोलि नफुकोस् अब त मेरो चाहाना पनि यति हो |
धन्यवाद
--SBS

बिमला बुढा को देउडा खेल तुर्माखाद अछाम
र
देउडा खेल नेपाली सांस्कृतिक परम्पराको एक महत्वपूर्ण हिस्सा हो। यो विशेषगरी मध्य-पश्चिम र पश्चिमी नेपालका केही क्षेत्रहरूमा प्रचलित छ। देउडा खेलमा गीत र नृत्यको माध्यमबाट प्रेम, सामाजिक मुद्दा, र दैनिक जीवनका चासोहरूलाई प्रस्तुत गर्ने गरिन्छ।
यो खेल प्रायः समूहमा गरिएको हुन्छ, जहाँ एक जना खेलाउड़ा थालनी गर्छ र एक जना खेलाउडीले प्रतिउत्तर दिने गर्छन र अरुले छोप्ने गरिन्छ । यसमा मजेदार र चित्ताकर्षक संवाद, हाँसो, र भावनात्मक गीतहरू समावेश हुन्छन्। देउडा खेल ले समाजमा सहिष्णुता र एकता प्रबर्धन गर्ने गरेको छ ।

