नेपोलियन र जोसफीन को प्रेम कथा शुरुआत तब भयो जब नेपोलियन फ्रान्सेली सेना को प्रमुख थिए जोसफीन भने एक सैनिक अधिकारी की पत्नी थिईन्, उनको पति लाई फांसी को सजाय मिलेको थियो र जोसफीन लाई पनि गिरफ्तार गरिएको थियो, जोसफीन सँग उनको पहलेा पति बाट एक छोरा थियो, उनको नाम यूजीन थियो र उनि १४ बर्षका थिए ।नेपोलियन को आदेश ले फ्रांस का हरक जनता आफ्नो घर को हतियारहरु सेना लाई दिइरहेका थिए ।. यूजीन पनि आफ्नो पिता को तरवार बुझाउन आएका थिए । उनको आंखा बाट आँसू बगिरहेको थियो । नेपोलियन उनलाई देखे र उनि रुनुको कारण सोधे, यूजीन ले जबाफ दिए कि, उनि उनको स्वर्गीय बाबुको हतियार हो र त्यो बुजाउनु पर्दा चोट परेको कुरा बताए । नेपोलियन ले बाबुको प्रति उनको मन मा रहेको श्रद्धा देखे र उनको तरवार उनलाई फिर्ता दिई दिए । अर्को दिन यूजीन की आमां जोसफीन नेपोलियन लाई धन्यवाद दिन गईन् र नेपोलियन उनलाई भेट्ने बित्तिकै मोहित भए । जोसफीन पनि नेपोलियन प्रति आर्कर्षित भईन्, जोसफीन नेपोलियन भन्दा बढि उमेरकी थिईन्, र उनको अन्त पनि कतै प्रेम थियो, तर नेपोलियन सँग शक्ति र सत्ता जोडिएको कारण जोसफीन ले उनको पिछा गरिन् ।
जुन समय नेपोलियन सँग उनको बिबाह भयो त्यस समय जोसफीन उमेर ३२ थियो र नेपोलियन भने २६ बर्षका थिए । उनले आफैलाई सम्राट घोषित गरे र नेपोलियन ले जोसफीन सँग क्याथोलिक परम्पराअनुसार बिबाह गरे र उनलाई साम्राज्ञी घोषणा गरे । यस पश्चात नेपोलियन उनि एक यद्वमा सामेल भए, तर जोसफीन लाई उनले सिंहासन को उत्तराधिकारी बनाएनन् । नेपोलियन जोसफीन लाई धेरै प्रेम गर्थे उनि युद्ध स्थलबाट पनि उनलाई पत्र लेख्ने गर्दथे र उनलाई आफ्नो अंगरक्षक हातमा जोसफीन लाई पेरिस मा पठाउने गर्दथे, जबकि जोसफीन उनको यस भावुकता लाई मजाक उडाउने गर्दथिईन् । नेपोलियन युद्ध मा ब्यस्त रहे र महल मा जोसफीन का पुरानो प्रेमी आउने जाने गर्दथे । उनले केहि नयाँ प्रेमी पनि बनाउदै रहिन् र नेपोलियन को अनुपस्थितिमा अरु सँग पनि सम्बन्ध बनाउदै राखिन् । जोसफीन का धेरै प्रेमी मध्य एक थिए हाइपोर्टो चार्ल्स उनि एक युवक थिए । जब नेपोलियन युद्ध क्षेत्र मा हुन्थे, चार्ल्स उनको राजमहल मा आउने जाने गर्थे र जोसफीन सँग अन्तररंग चलाउने गर्थे । बिस्तारै पूरै पेरिस मा जोसफीन र चार्ल्स को प्रेम सम्बन्धको बारेमा चर्चा चल्न थाल्यो, उड़ती-र उक्त खबर नेपोलियन कहा पुग्यो । त्यस समय उनि इटली सँग युद्ध गरिरहेका थिए,
नेपोलियन ले चार्ल्स र जोसफीन लाई टाढा रहनको लागि जोसफीन लाई एक पत्र लेखे र उनलाई युद्ध क्षेत्र मा बोलाए। शुरुमा त जोसफीन ले अस्विकार गरिन्, तर पछि भने जोसफीन एक योजना अनुसार इटली को युद्ध क्षेत्र मा जान को लागि भईन् उनि राजस्वि ठाटका साथ नेपोलियन सँग भेट्नको लागि गईन् र त्यसैमा चार्ल्स लाई पनि लुकाएर लगिन् । नेपोलियन लाई यसको सुराक पहिले नै मिल्यो र उनले जोसफीन सँग त्यहाँ लिएका सम्पुर्ण कुराहरुको तलास गर्न थाले । कपडा राखेको बाक्स भित्र चार्ल्स लुकाईएको थियो नेपोलियन ले उनलाई मार्नको लागि हुकुम दिए। तर जोसफीन नेपोलियनको खुट्टामा परेर चार्ल्स को लागि माफी माग्न सफल रहिन् । र उनलाई त्यहाँबाट पेरिस पठाउन सफल रईन् । जोसफीन ले नेपोलियन सँग बाचा गरेकी थिईन् कि उनि कहिल्यै पनि चार्ल्स सँग भेट्ने छैनन् । उनले चलाखी गरिन् र नेपोलियन सँग देखावटी प्रेम गर्दै रहिन् । केही समय पछि नेपोलियन युद्ध लागि मिस्र गए, र जोसफीन फेरी चार्ल्स लाई दरबारमा बोलाउन थालिन् । एक दिन नेपोलियन का भाई जोसेफले दुबैलाई एक साथ पक्राउ गरे र उनले नेपोलियन लाई यसबारे खबर गरे । नेपोलियन धेरै दुखी भए र उनले जोसफीन को खुशी का लागि डिभोर्स गरिदिए । डिभोर्स गर्ने बेलामा नेपोलियन नेपोलियनले भनेका थिए, ‘जोसफीन सँग बिताएका १५ वर्ष का याद हमेशा उनको साथमा रहने छन्' । मैले आफ्ना हातहरुले उनको शिरमा साम्राज्ञी को ताज पहिराएको थिइ। मेरो इच्छा थियो कि म भन्दा टाढा रहे पनि जोसफीन एक साम्राज्ञी नै रहिरहुन् म उनको यो बाटो टुटाउन चाहान्न । मरो हृदयमा उनि सधै एक प्यारो साथिको रुपमा रहने छिन् । जोसफीन ले पनि भनेकी थिईन्, सम्राट नेपोलियन को लागि उनि सधै एक मित्र बनी रहने छिन् । नेपोलियन ले एक शानदार बग्घी मा बसाएर उनलाई बिदाइ गरेका थिए । इतिहासमा चार्ल्स का अलावा जोसफीनका एक अन्य प्रेमी बर्रास पनि थिए । फ्रांस का सम्राट लुई १६ को फांसी पश्चात क्रांतिकारी बर्रास ले नै फ्रांस को शासन का बागडोर संभाले का थिए । भनिन्छ कि बर्रास ले नै नेपोलियन सँग नजिक हुनको लागि जोसफीन लाई अघि सारेका थिए । भनिन्छ जोसफीन ऐंश आरामकी बिलासी महिला थीईन् । \
उनि एक बर्षमा ५०० जोड़ी जूता,६०० मोजा र अनगिन्ति पोशाक किन्ने गर्दथिईन् । उनि गुलाब को फूल को प्रशंशा गर्ने गर्थिईन् । उनले ३५ हेक्टर मा फैलिइको आफ्नो बगैजामा ३५५ किसिमका गुलावका फुलहरु रोपेकी थिईन। नेपोलियन को दोस्रो बिबाह ऑस्ट्रिया का सम्राट फ्रांसिस की राजकुमारी मेरी लूसी सँग भएको थियो । मेरी ले न केवल नेपोलियन सँग प्रेम गरिन्, उनले आफ्ना पिता सँग मिलेर वाटरलू को लड़ाई मा नेपोलियन लाई परास्त गराईन् ।वाटरलू की लड़ाई हारे पछि नेपोलियन एलबा मा निष्कासित जीवन बिताइरहेका थिए, त्यहाँ मेरी लूसी ले मेप्पर्ग नामक एक व्यक्ति सँग प्रेम गरिन् र नेपोलियन को छोडेर उनि सँग बिहे गरिन। मेरी बाट धोखा खाए पश्वात नेपोलियन ले लिखेका थिए, ‘मेरी मृत्यु पश्वात मेरो ह्रदय निकालेर शराब मा राखिदिनु र फेरी त्यसलाई उनकी प्यारी लूसी लाई दिनु।
इतिहासकार लाग्जेयर कारनट का अनुसार, बोनापार्ट निकै नै बहादुर थिए तर ह्रदयमा उत्तिकै जवान पनि थिए ।