यो त हामी सवैलाई थाहा छ एक न एक दिन संसारको अन्त्य निश्चित छ । ज्यादात्तर धर्मशास्त्रमा दुनियाँको बिनास र प्रलयको उल्लेख गरिएको छ कि, एक न एक दिन यस पुरै दुनियाँको अन्त्य हुनेछ ।सबै धर्म अथवा देशका अनुसार प्रलयको लागि विभिन्न खालका परिभाषा र भविष्यबाणिहरु गरिएका छन् । यसैलाई आधार बनाएर अहिलेसम्म कयौ पटक यस संसारको बिनाशको भविष्यबाणि बेला-बेलामा हल्लाको रुपमा फैलदै आएको छ । तर संसारको अन्त्यको समय कहिले हुनेछ यसको सटिक भविष्यबाणि गर्न लगभग मुश्किल नै छ। जहाँ धार्मिक ग्नन्थको आधार मानेर कयौं भविष्यबेत्ताले दुनियाँको सर्वनाशको भविष्यबाणि गरेका थिए । जहाँ केहि बैज्ञानिहरुले पनि केहि बैज्ञानिक आधार लिएर संसारको बिनासको समयको भविष्यबाणि गर्ने प्रयास गरेका थिए । संसारको अन्त्यको केहि भबिष्यबाणिहरु जसले मानव जातीलाई आजसम्म त्रासमा राखिरहेको छ । यिनै भविष्यबाणिहरु मध्ये केहिको समय सकिसक्यो र केहिको अझै पनि बाँकि रहेको छ । भविष्य पनि दुनियाँको अन्त्य हुने समयको पर्खाईमा रहेको छ । जुन निम्नि लिखित छन :-
१. लियोनार्दो दाँ भिन्चि LEONARDO DA VINCI 4006
अन्य जस्तै लियोनार्दो दाँ भिन्चिले पनि संसारको अन्त्यको भविष्यबाणि गरेका थिए । दाँ भिन्चिका अनुसार संसारको बिनासको लागि सन् २००४ मा बिस्वमा एक भयंकर बाँढि आउने छ । जसले दुनियाँको सफाया गर्नेछ र सारा कुरा नष्ट हुनेछ । लियोनार्दो दाँ भिन्चि युरोपियन पुनर्जागरण कालका ज्ञाताहरु मध्ये का एक थिए । दाँ भिन्चि एक पेन्टर, चित्रकार, ईन्जिनियर , संगितज्ञ,गणितज्ञ, बैज्ञानिक, आविष्कारक लगायत बहुप्रतिभाशाली ब्यक्तित्व थिए । उनका अनुसार संसारको बिनाशको लागि २१ मार्च ४००६ मा भयंकर बाँढी आउने छ र १ नोभेम्वर ४००६ मा पुरै दुनियाँ जलमग्न भईसक्ने छ । यस तरिकाले संसारको बिनास हुनेछ र यसै तरिकाले धर्तिमा एक नयाँ जिबनको शुरुवात हुनेछ ।
२. माया सभ्यता MAYA CIVILIZATION 21 DEC. 2012
भबिष्यबाणि गरिएको थियो कि, २०१२ मा संसारको बिनाश हुनेछ। मेक्सिको को माया सभ्यताको क्यालेण्डरको हिसावले यो भविष्यबाणि गरिएको थियो । माया सभ्यताको प्रामाणिक्ता यति नै थियो र ज्यादात्तर मानिसहरुले यसलाई बिस्वास गरेका थिए । तर अन्य भविष्यबाणि जस्तै २०११ मा चर्चामा आएको यो भविष्यबाणि पनि गलत सावित भयो । माया सभ्यताको क्यालेण्डर यसै दिन समाप्त हुदै थियो । क्यालेण्डरका अनुसार २१ डिसेम्वर सन् २०१२ धर्तिको आखिरी दिन थियो । यस माथि बिस्वास राख्नेहरुको भनाई थियो कि , हजारौ साल पहिले नै अनुमान लगाईएको थियो २१ डिसेम्वर २०१२ मा धर्तिमा महाप्रलय आउनसक्नेछ । यो सभ्यता गणित वा खगोल बिज्ञानका लागि निकै नै उन्नत सभ्यता थियो। यस सभ्यताको क्यालेण्डरमा पृथ्विको उमेर पाच हजार एक सय २६ बर्ष आलंकन गरिएको थियो ।
३. बाबा बेंगा (BABA VANGA 5079)
बुल्गारियाकि भविष्यबक्ता बाबा बेंगा यि दिनहरुमा निकै चर्चामा रहेको नाम हो । यिनले जति पनि भविष्यबाणि गरे ति सवै सत्य सावित भए । बाबाले पछिल्लो समय फ्रान्स र अमिरिकामा ९, ११ आतंकबादी हमाला देखि सुनामी फुकुसी र आई एस आई आतंकबादी जस्ता संगठनहरुको जन्म हुने जस्ता भविष्यबाणि सत्य साबित भएका थिए । तर उनले धर्तिको अन्त्यका सम्बन्धमा जुन भविष्यबाणि गरेका थिए त्यो साँच्चिकै आश्चर्यचकित पार्ने खालको थयिो । बाबा को भविष्यबाणि थियो सन् ५०७९ मा संसार बिनाश हुनेछ। यस्तो उनले एक्कासी भनेका थिएनन् यस्तो उनले ५०७९ मा पहिले को सताव्दिमा हुने वाला सबै घटनाको बिबरण दिएका थिए जसमा उनले भनेका थिए आगामी सय बर्षमा मानव एक कृतिम सुर्य बनाउने छ, त्यसैको अर्को २०० बर्षमा मानव एलियन्स सभ्यता सँग मिल्ने छ, सन, ३००५ मा मंगल ग्रहमा भंयकर मानव युद्व हुने र ५०७९ मा दुनियाँको सर्व विनास हुने कुराको भविष्यबाणि गरेका छन्।
४. ईण्ड टाईम प्रोफेसिज (END TIME PROPHESIES , 2016)
यस भबिष्यबाणिका अनुसार, २९ जुलाई २०१६ मा पुरे संसार खत्तम हुने कुरा उल्लेख गरिएको थियो । यस संस्थाको भविष्यबाणि अनुसार पृथ्विको चुम्बकिय ध्रबको ठक्करले यस बिनासको सुरुवात हुने भनिएको थियो । यस भन्दा पहिले यस संस्थाको एक अर्को भविष्यबाणिमा यो पनि भनिएको थियो कि, यस दिन एक बिशाल उल्का पिंन्ड धर्ति सँग ठोक्किने छ । तर संयोगबस यस्तो केहि भएन अर्थात धर्ति शुरक्षित रहिरहेको छ ।
५ आइज्याक न्युटन ( ISSAC NEWTON 2060 )
आधुनिक बिज्ञानका एक महान बैज्ञानिक मध्ये एक आईज्याक न्युटन बिस्वकै सबैभन्दा प्रभावशाली बैज्ञानिक मध्ये एक हुन। तर एकातर्फ उनि भौतिक बिज्ञानका नियमहरु प्रतिपादन गर्दै थिए त अर्कोतर्फ उनको झुकाव धर्मशास्त्रमा लेखिएको दुनियाँको अन्त्यको खोज गर्दै बित्यो । उनि बाइबलको अध्यनमा अधिकांस समय संसारको बिनाशको बारेमा खोजि गर्ने गर्दथे । बाईबल को अध्यन पश्वात उनले निष्कर्ष निकाले कि संसारको बिनाश सन् २०६० बाट हुन शुरु हुनेछ । उनका अनुसार यो समय रोमन ईम्पायर को गठन पश्चात ठिक १२६० शाल पश्चातको थियो । यस कुराबाट यो जानकारी हुन्छ कि, न्यटनको यस बिस्वासको आधार बैज्ञानिक कारण भन्दा पनि धार्मिक कारण जोडिएको थियो।
६. स्टिफिन हप्किंस (STEPHEN HAWKING NEXT 1000 YEAR )
सताब्दिकै सबैभन्दा महान बैज्ञानिहरु मध्यका एक स्टिफिन हप्किंसका अनुसार मानवले आफ्नो अस्तित्व बचाउनको लागि केवल १००० बर्ष मात्र बाँकि रहेको छ । अक्सफोर्डमा दिएको उनको आफ्नो एक स्पिचमा उनले भनेका थिए आगामि १००० बर्षमा धर्तिको अन्त्य निश्चित छ । उनका अनुसार मानव पृथ्वि अब त्यति धेरे मजबुत छैन, जो आउने सम्भाबित भयंकर बिपत्तिहरुको सामना गर्न सकोस् । यदि मानवले टेक्नोलिजिको प्रयोग गरेर ग्लोबल वार्मिंंङ, परमाणु हमला, बिमार वा भयंकर बाढिबाट भले बचौला वा हरेक समय भाग्यसाली साबित हौ, यो जरुरी छैन, स्टिफिनका अनुसार आगामी एक हजार बर्षमा धर्ति जस्तै दोस्रो प्लानेटको खोजि गरेर त्यहाँ बस्ति बसाउन आबश्यक छ, यदि त्यसो हुन सकेन भने सम्पुर्ण ब्राहाण्ड पनि सिंङ्गल मानव सभ्यताको जस्तै अन्त्य हुने कुराको निश्चित छ ।