मानव ईतिहाँसमा अनेकौ सभ्यताहरु रहस्यमय ढंङ्गबाट गायब हुन पुगे, अर्थात यसका पछाडी अनेकौ पदचापहरु छोडेर गए । यि र यस्ता सभ्यताहरु कसरी नष्ट भए यसका पछाडी कुनै प्रमाण त छैन तर यि सबे सभ्यताहरु आफ्नो समय भन्दा पनि धेरै बिकसित सभ्यताहरु थिए जो सँग उन्नत खालको निर्माण, कला, योग्यता अर्थात दोस्रो बैज्ञानिक तकनिकहरु थिए । जस मध्ये कैयौ सभ्यताहरु धर्तिमा सयौ सालसम्म पनि रजगज गरिरहे तर एक समयमा गएर सबै कुराहरु कतै गुमनाम हुन पुगे। यि सबै समृद्व सभ्यताहरु अचानक कसरी गायब भए, आखिर ति ब्यक्तिहरु कहाँ गए ? के कारणले तिनिहरुको बिनाश हुन पुग्यो। यि सबै सवाल सदियौ बाट एक प्रश्नको रुपमा रहेका छन् । यस्तो लाग्छ कि ति ब्यक्तिहरु चाहान्थेहोला कि हामि तिनिहरुको बारेमा जानकारी राखौ तर ति सब कुराहरु गुमनाम बनेर गए र ती समृद्वशाली सभ्यताहरु कसरी नष्ट भए ।
१. माया सभ्यता Mayan culture
माया सभ्यताका मानिसहरु एक समृद्वशाली सभ्यताका उदाहरण थिए । यो प्राचिन सभ्यताको ति मानिसहरु थिए, जसले धेरै कम समयमै धेरै उपलब्धिहरु प्राप्त गरेका थिए र आफ्नो बिकासको शुरुवाति समयमा नै, संघर्ष गर्दा गर्दै कहि गुमनाम भए । माया सभ्यताका मानिसहरु लाई मिस्रको सभ्यतासँग तुलना गर्दा नै थाहा हुन्छ आखिर यिनहरु कति धेरै बुद्विमान थिए । माया सभ्यताका गणित, लेखन र आर्किटेक्चर उनके समकालिन सभ्यता भन्दा कयौ गुणा समृद्व साबित हुन्छ । एक समयमा माया को चालिस शहरको जनसंख्या लाखौ मा रहेको थियौ । तर यति धेरे आवादी शहरको पतन कसरी भयो भन्ने प्रश्न नै जटिल बनेको छ । यस सभ्यता सँग सबै कुरा ्थ्यो । यिनिहरु सुन्दर कागज, उन्नत तरिकाका पिरामिड निर्माण गर्नमा माहिर थिए । ई.पु. ८०० साल पहिले नै यिनिहरुले बर्षलाई ३६५ दिनमा बाडेका थिए । पुरै तरह बर्षाको पानिमा निर्भर यो सभ्यताका मानिसहरु खेति गर्नमा पनि एकदमै सिपालु थिए । यहि एउटा यस्तो सभ्यता थियो जसलो ईन्जिनियरिङ्ग र खगोल बिज्ञानमा पुरै बिस्वमा आफ्नो प्रभाव जमाएको थियो । तर यस्तो उन्नत सभ्यता अचानक कसरी गुमनाम हुन पुग्यो एक रहस्यको रुपमा रहेको छ । कसैले स्पेनको आक्रमणले नै माया सभ्यताको अन्त्य भएको उल्लेख गरेका छन् । तर माया सभ्यताको अन्त्य भने यस भन्दा पहिले नै भईसकेको थियो । राजनैतिक र प्राकृतिक दुबै तरिकाले माया सभ्यताका मानिसहरु ईशा पु. ९०० बर्ष पहिले नै कठिन रुपले प्रभावित भएका थिए । जसको फलस्वरुप बौद्विक वा शारिरिक पतन हुदै गयो । तर माया सभ्यता पतनको ठोस् प्रमाण भने यहि हो भन्न कठिन छ ।
२. ईस्टर आईल्याण्ड ESTER ISLAND
यि ब्यक्तिहरु मानिसहरुका बिशाल पत्थरका मुर्तिहरु बनाउनमा प्रसिद्व थिए । यिनिहरुको बिशाल कालिगढीका सपुत आज पनि ति बिशाल मानब मुर्तिले दिने गरेका छन् । बिशाल कालिगढी र सिल्पीमा ईस्टर आईल्याण्डको सभ्यता पनि निकै नै उन्नत थियो र कालान्तरमा यो शभ्यता पनि अचानक गुमनाम हुन पुग्यो । अन्य प्राचिन सभ्यता जस्तै यो सभ्यता पनि निकै उन्नत थियो, ईस्टर द्विप सभ्यता आफ्ना ८०० मुर्तिका कारण चर्चित थियो, यि मध्ये हरेक मुर्तिहरु सिर्फ एउटै पत्थरबाट निर्माण गरिएका थिए । उनिहरु यि मुर्तिका निर्माण द्विपमा रहेका ज्चालामुखिका पत्थरमा निर्माण गर्ने गर्दथे । यिनिहरु आफ्ना अधुरा मुर्तिहरु कामहरु छोडेर एकाएक गायब भए ।
३. CLOVIS CIVILIZATION
अमेरिकी उपमहाद्विपमा प्रबेश गर्ने प्रथम मानिसहरु क्लोभिस सभ्यताका , १९३६ बाट १९३८ बिच पहिलो पटक अमेरिकामा यिनिहरुको अबशेष भेटिएको थियो । यिनिहरु उत्तर वा मध्य अमेरिकामा बसोबास गर्ने गर्दथे । यो सभ्यता ईतिहाँस भन्दा पनि पुर्वको शभ्यता थियो । यसकारण यिनिहरुको बारेमा प्रशस्त जानकारी छैन । यस सभ्यताको लिएर कयौ रहस्य आज पनि कायम छ । के यिनिहरु उत्तरी अमेरिकामा बसोबास गर्ने पहिले एसियालि थिए? यिनिहरु यहाँबाट किन र कहाँ गए ? यस सभ्यताका मानिसहरु पत्थरबाट बनेका हतियारहरु प्रयोग गर्थे । यिनिहरुको गुजाराको माध्यम शिकार थियो । बिशालकाय जनाबरका शिकार गर्नमा पनि यिनिहरु माहिर थिए । अनुसन्धानबाट यिनिहरु १३५०० देखि १२९०० शाल पहिले रहने गर्दथे । के यिनिहरु अमेरिका सबैभन्दा पहिले आएका थिए वा यिनिहरु भन्दा पनि पहिले कोही आएका थिए यस्ता प्रश्नहरु अनुत्तरित नै छन।
४. सिन्धुघाटी, हडप्पा सभ्यता (Indus Valley Civilization)
विश्वका प्राचीन नदी घाटी सभ्यता मध्य एक प्रमुख सभ्यता हो ।यो हडप्पा सभ्यता अर्थात सिंधु-सरस्वती सभ्यता को नाम बाट पनि प्रख्यात छ। आज भन्दा लगभग 78 वर्ष पूर्वि पाकिस्तान को ‘पश्चिमी पंजाब प्रांत’ को ‘माण्टगोमरी जिल्ला स्थित ‘हरियाणा’ 1856 ई. में ‘जॉन विलियम ब्रन्टम’ ले कराची बाट लाहौर सम्म रेलवे लाइन बिछ्याउनको लागि ईट्टाको आपूर्ति गर्ने शिलशिलामा यस ठाँउको पत्ता लागेको थियो ।मुलत : यो एक सहरी सभ्यता थियो र यस सभ्यताको पतनको कारण पनि रहस्य को गर्भमै सिमित छ ।