के गर्दा शुभ हुन्छ
ज्योतिष शास्त्र को अनुसार हरेक कार्य गर्नको लागि एक निश्चित समय समय हुन्छ र सोहि अनुसार शुभ र अशुभ फल प्राप्त हुने गर्दछ। हिन्दू धर्म शास्त्रका अनुसार कुनै पनि कार्य प्रारम्भ गर्ने समय को महत्व एकदमै आवश्यक हुन्छ। कुनै पनि समय हामि जुन कार्यलाई सामान्य सम्झन्छौ त्यसको प्रभाव हाम्रो जिबन भर अधिक हुने गर्छ। यस्तो हुनुमा अनजानमै हामी बाट अनेक गल्तिहरु भएको हुन्छ। यस्तै तिन कार्यको बारेमा चर्चा गरौ जुन हामीलाई सामान्य लाग्छ र हरेक समय गरिरहेकै हुन्छौ तर यसको जिबनभर के प्रभाव हुन्छ जसको बारेमा हामीलाई पत्तै हुदैन। साथै ज्योतिष शास्त्रको बारेमा यि तिन काम गर्नको लागि उत्तम समयको जानकारी पनि पाउने छौ ।
तुलसिको पातलाई शास्त्रमा धार्मिक रुपबाट पनि हेर्ने गरिन्छ । हिन्दु धर्म मा तुलसीको तुलसी देवि, तुलसी मैयाको नामले पनि सम्वोधन गरिएको छ । यस्तै ज्योतिष शास्त्रमा तुलसीको प्रयोगको बारेमा कयौ नियमहरु बनेका छन्, जसलाई पालन गर्नु उचित हुन सक्दछ ।
रात्रि को समयमा तुलसी लाई नछोऊ, किनकी सुर्य अस्ताउने बेलामा तुलसीको
बिश्राम गर्ने समय हुन्छ। यदि त्यस समयमा तुलसी छुने हो भने पाप लाग्दछ र त्यो
ब्यक्तिको धनहानि हुने अर्थात धनको कमि हुने बिस्वास रहेको छ ।
दारी त सबैले फाल्ने गर्छन् तर यो हाम्रो दिनचर्या सँग जोडिएको
काम हो । सामान्य रुपमा यस कार्यको महत्व प्राय: सबैलाई थाहा हुदैन । तर मान्यजन
अर्थात अग्रजबाट केहि त सुनेको हुनु पर्छ सेभिङ र कपाल काट्ने समय ज्योतिष शास्त्र
को अनुसार निर्धारित हुन्छ ।
रातिको समय वा गुरुबार
र शनिवार दारी फाल्ने कार्य गर्नु हुदैन,
यदि यस्तो गरेकमा धन त आउछ नै तर र्ऋण पनि त्यत्तिकै लाग्ने गर्दछ । यसकारण रातिको
समय गुरुबार र सेभिंङ गर्ने कार्य गर्नु
हुदैन ।
हरेकको जिबनमा लक्ष्मीको साथ एकदमै आवश्यक छ तर अनजामा कुनै
गलति गर्न पुगिएछ भने घरमा लक्ष्मि रिसाउछिन् भन्ने एक बिस्वास पनि रहिआएको छ ।
झाडु त हरेक घरमा लाउने नै गरिन्छ जसले घर आगन सफा सुंग्घर पनि हुने गर्दछ ।