
अछामका स्थानिय मेला प्रर्वहरुमा आयोजित देउडा खेल भिडियोहरु सहित
देउडा नेपालको सुदुर पश्चिम तथा मध्य पश्चिममा प्रचलित लोक गायन शैली हो | पछिल्लो समय मौलिक देउडा खेल एबं गायन कलामा सुदुर पश्चिमको मध्य पहाडी जिल्ला अछाममा अझ यसले व्यापकता पाएको छ | देउडा संरक्षण कार्यमा यहाका युवा तथा युवतीहरु पनि लागि परेको देखिन्छ | पश्चिमी संस्कृतिको प्रभावले स्थानीय कला संस्कृति प्रतिको मोह घटेको अनुमान गरीयको भएपनि अछाममा प्राय: देउडा प्रतिको लगाव झन बिस्तार हुदै गएको पाइन्छ | अछामका रामारोशन, कमलबजार, विनायक, ढकारी लगायत तुर्माखाद त देउडा गित को खानि कै रुपमा लिन सकिन्छ | देउडा गीतको संरक्षण र सम्बर्दन गर्नमा यहाका मेला प्रर्ब र चाड बाडहरुले उत्तिकै प्रेरणा थपेका छन् | यहाका मेला प्रर्बहरुमा देउडा को रौनक नै सबैभन्दा बढी देख्न सकिन्छ | देउडा खेल को क्षेत्रमा यहाका देउडा खेलाडीहरुको ख्याती पनि अझै दिन प्रतिदिन चुलिदो छ | एक समय थियो लुकी लुकी देउडा गाउने र देउडा खेल खेल्नु लाई राम्रो कार्य मानिदैनथ्यो तर अहिले समय परिबर्तन भएको छ, खासगरी सन्चार माध्यमको बढ्दो प्रभाब संगै देउडा संस्कृतिको सम्बर्दन एब संरक्षण मा पनि थप टेवा पुग्नुका साथै ओझेलमा परेका स्थानीय देउडा खेलाडीहरुको बिभिन्न मेला प्रर्बहरुमा बढ्दो माग हुने गरेको छ | तुर्माखाद गाउपालिका कि बिमला बुढा र ढकारी गाउपालिकाकी पानसरा थापा लगायतका खेलाडीहरुलाई त कालिकोट, हुम्ला, मुगु, जुम्ला बाजुरा बझांङ, डोटी, अछाम कैलाली लगायतका जिल्लाहरुमा देउडा खेल्नको लागि निमन्त्रणा आउने गरेको छ | बिभिन्न मेला प्रर्ब, बिबाह, लगायत चाड बाड हरुमा उहारुकै माग बढ्दो छ | पछिल्लो समय कालिकोटका देउडा खेलाडी (देउडा सम्राट) नेत्रराज शाहीको देउडा गित संरक्षण अभियानले गर्दा पनि अहिले आएर देउडा गीतले व्यापकता पाएको देखिन्छ |
बिशेषगरी अछाम सामाजिक रुपमा बिबिध जात जाति र संकृतिले भारिपूर्ण ठाउ हो | यसर्थ यस क्षेत्र को कला र साहित्यको क्षेत्रमा पनि फरक फरक रुप र शृजना भेटिन्छ | कलामा बिबिधता पाइन्छ | नेपाली साहित्यका प्रथम मौलिक वियोगान्त नाटककार अमर साधक पहलमान सिंह स्वार देखि लिएर गजलकार ललिजंग रावल, कथाकार महेश बिक्रम शाह सम्मले यहाको कला एबम् साहित्यलाई राष्टिय रुपमै आधुनिक उचाई सम्म पुर्याएको देखिन्छ | बिशेषगरी यहाको देउडा गितलाई अहिलेको उचाई सम्म पुर्याउनमा यहाका स्थानीय देउडा खेलाडीहरु, स्थानीय मेला प्रर्ब, यहाको संकृति एबम बाताबरणले महत्व पूर्ण योगदान गरेको हुनु पर्दछ | र यसको श्री बृदीमा आधुनिक संचार क्षेत्र र अन्य सामाजिक सास्कृतिक पक्षको पनि महत्वपूर्ण योगदान रहेको छ | बिभिन्न मेला प्रर्बहरुमा खेलिने देउडा खेलहरु हेर्नलाई तल को भिडियोमा हेर्नुहोला |