जुम्ला जिल्ला मा प्राचिन सुनकेस्रा रानीको कथा
प्राचिन सुनकेस्रा रानीको कथा
सुदुर पश्चिम तथा मध्य पश्चिममा सुनकेसरा रानीको कथा प्रसिद्व छ अहिले पनि सुदुर तथा मध्य पश्चिम तिर हुड्के दाईले भारत हालेर गाईने चर्चित भारत मध्य सुनकेसरा रानीको कथा पनि एक हो सुनौ आज त्यहि सुनकेसरा रानीको कथा
जनश्रुतिअनुसार सुनकेसरा तत्कालिन सिंजाका राजा बिक्रम शाहीकी पटरानी थिईन् उनि सौन्दर्यकी प्रतिमुर्ति नै थिईन् र उनको अपार सौन्दर्यको बयान चारै तिर फैलिएको थियो यो कुरा खोचरनाथनजिकै धौल्यात्रीका जाड भोडे राजा झम्पनको कानमा पनि पुगेको थियो झम्पन सुनकेसरा रानीलाई आक्रमण गरेरै भए पनि आफ्नी बनाउन चाहान्थे, यसका लागि उनि दाउ हेरेर बसिरहेका थिए
बिक्रम शाही सुनकेसरा रानीको सौन्दर्यतामा लठ्ठ परेर राजकाजमा समेत त्यति ध्यान दिदैनथे उनि शिकारका निकै शौखिन थिए शिकार मा जादा पनि उनि सुनकेसरा रानीलाई सँगै लैजानथे यसै क्रममा एकपटक हिमाली भेकमा शिकारका लागी जाने निर्णय गरियो बिक्रम शाही आफ्नि रानी र सेबकहरुका साथ रवाना भए शिकारका लागी निर्दिष्ट स्थानमा शिविर कायम गरियो राजा आफ्नी रानीलाई शिविरमा राखेर दिनभर शिकारमा व्यस्त रही रात अबेर फर्कने गर्दथे । यो कुरा झम्पनलाई आफ्ना गुप्तचरहरु द्वारा जानकारी भयो
झप्पनले एक दिन शिविरमा अकस्मात हमला गरे । राजा बिक्रम शाही त्यतिखेर शिकार खेल्न गईसकेका थिए झप्पन सजिलै सँग सुनकेसरा रानीलाई अपहरण गर्न सफल भए उता रानी ठुलो बिपतमा परिन यता बिक्रम शाही बेलुका शिबिरमा रानि अपहरित भएको चाल पाएर शोक बिह्वल भए उनि तत्काल झप्पन माथि आक्रमण गर्न चाहान्थे तर उनका सहयोगिहरुले प्रयाप्त सेनाको अभावमा आक्रमण गर्न उचिन नहुने कुरा सम्झाई बुझाई गरेपछि उनि राजधानि फर्किन राजि भए
जुम्ला छिनासिमबाट धौल्यात्रि पुग्न लगभग हप्ता दिन लाग्छ बिक्रम शाहीले यति लामो बिकट बाटो पार गराई झप्पन माथि आक्रमण गराई पठाएको जुम्ली सेना तिनपटकसम्म पराजित भयो यसपछि बिक्रम शाहीले रास्कोटका सामन्त तथा आफ्ना नातेदार शाईमल शाही सँग परामर्श गरे शाईमल शाहीले आफ्ना बहादुर पैकेला योद्वा हरु सहयोगार्थ पठाईदिए ठुलो तयारी साथ झम्पनमाथि आक्रमण गरियो घमासान युद्व पश्चात बिक्रम शाहीको पक्ष बिजय भयो छकाल को बेला झम्पनलाई समातियो र नेल हालियो तर बिचरी सुनकेसरा रानीले आफ्नो सतित्व रक्षाका लागि छातिमा छुरी रोपेर आत्महत्या गरिसकेकी थिईन् झम्पनलाई जुम्ला चौघानचौरमा ल्याई हतकडी लगाई कैद हालियो यो घटना घटेको लगभग पौने चारसय बर्ष बितिसकेको छ तर अझसम्म पनि जुम्ला तिरका जनता यस घटनाको बर्णन लोकगितमा यसप्रकार गर्दै छन
छकाल झुलुक्या घाम झम्पन पड्या नेल
झम्पनको लाईन्या बख्खु छुरीले छेक्याको
झम्पन जाड नेल पड्नु कर्ममा लेख्याको
झम्पनको रातो पाखी राती काली धागी
सेरसेर मासु खान्या झम्पन कोध्यालिटा लागी
झम्पनको रातो गोरु उधो मुख हुक्का
पान सेर मासु खान्या झम्पन नाली बौर बुख्खा
झम्पनको चड्न्या घोडा उधो हेरी खिल्क
झम्पनको सुनको टोपी चौघान डिल मिल्क
यस प्रकार झम्पनमाथि प्रतिशोध लिईए पनि बिक्रम शाहीको बियोग ब्यथा शान्त भएन साईमल शाहीलाई उनले दुवै मान्म औल मान्म शिखर मान्म को जमिन बकस दिएर प्रशन्न पारे तर आफु सधै दिक्दारीमा रहन लागे यस प्रकार जुम्ला राजदरबारमा खलबलि मच्चियो गुरु पुरोहित भाई भारदार मिलेर राजा बिक्रम शाहीको मन बुजाउने उपाए गरे सुन्दरी रानी सुनकेसरा को पुण्य स्मृतिमा तिब्रिकोटमा ठुलो यज्ञ लगाएर भगवति त्रिपुराशुन्दरीको मुर्ति स्थापना गरी उनका भक्तको रुपमा राजा, राजकुमार दिवंगत रानी सुनकेस्राका ढलौटका सालिक स्थापना गरिए ।
