ads

Spark News

दिमागलाई स्वस्थ बनाई राख्न निम्न कुराहरु खाने गर्नुहोस्

एउटा स्वस्थ मष्तिकले नै सम्पुर्ण जिबन मै प्रभाव पार्न सक्दछ, तसर्थ दिमागलाई स्वस्थ बनाउनको लागि खानपानको पनि महत्वपुर्ण भमिका हुने गर्दछ ।
अोखर:– ओखरलाई गर्मिको मौसममा भिजाएर र चिसोको मौसममा त्यसै खाने हो भने मष्तिकलाई फाईदा पुराउने गर्दछ । यसले दिमागलाई तेज गराउनु का साथै स्मरण शक्तिलाई पनि बढाउने गर्दछ । मस्तिष्कलाई शुख्खा हुनबाट बचाउनुका साथै यसले ब्रेन हेमरेज हुने खतरालाई रोक्ने कार्य गर्दछ ।
सुकेको नरिवल :- मस्तिष्कको आन्तरिक भागलाई पोषण दिनुका साथै ब्रेनलाई तेज बनाउदछ । सुस्त मस्तिष्कको लागि पनि यो निकै नै लाभदायक हुने गर्दछ । जाडोमा गुँडसँग र गर्मिमा मिस्रिसँग मिसाएर खान सकिन्छ । साथै दुध, लड्डडु, चटनी र पाक सँग मिलाएर खान पनि सकिन्छ । काँचो नरिवल पनि त्यत्तिकै लाभदायक हुन्छ । चाँडो रिस उठ्नेहरुलाई पनि निकै नै लाभदायक हुने गर्दछ ।
ब्राम्ह्री:– यसले नशा  र तन्तुलाई तागद दिने गर्दछ । यो एउटा जंगलमा पाईने जडिबुडि हो । यसले मस्तिष्कमा आउने तरंग र सुचनाहरुलाई उदिप्त गर्ने र यसको सेवनले निन्द्रा पनि लाग्ने गर्दछ ।
ज्योतिषमति:– यो एक प्रकारको जडिबुडी नै हो । यसको बिजले मस्तिष्कमा पोषण भर्ने कार्य गर्दछ । यसले सन्तुलित निन्द्रा पनि दिने गर्दछ, दिमागको सन्तुलनलाई ठिक राख्ने र स्मरण शक्ति पनि बढाउने काम गर्दछ । ५ देखि १० वटा सम्म यसको बिज पानि वा दुधमा मिसाएर दिनमा खान सकिन्छ ।

Spark News

About Spark News -

Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.

Subscribe to this Blog via Email :