
महान कवि कालिदाष
महान कवि कालिदाष : कालिदास संस्कृत भाषा का एक महान नाटककार र कवि थिए । उनि भगवान शिव का भक्त थिए। कालिदास नाम को शाब्दिक अर्थ हो, “काली को सेवक“। उनले हिन्दु तथा सँस्कृतका पौराणिक कथा र दर्शन लाई आधार बनाएर मुख्य मुख्य ग्नन्थहरुको रचना गरे ।कलिदास आफ्ना रचनाहरु मार्फत सरल भाषा मिठासपुर्ण रचनाका लागि प्रख्यात छन् । उनको ऋतु वर्णन धेरै नै सुंदर रचना हो । संगीतलाइ उनले आफ्नो साहित्य रचनामा प्रमुख स्थान दिएका थिए, र बिभिन्न रस का सृजना को लागि उनको लागि उनको कुनै उपमा नै छैन। उनले आफ्नो शृंगार रस प्रधान साहित्य मा पनि साहित्यिक सौन्दर्यका साथ-साथ आदर्शवादी परंपरा र नैतिक मूल्य र मान्यतालाई समुचित स्थान दिएका छन् । उनको नाम सदा-सदा को लागि अमर छ र उनको स्थान वाल्मीकि र व्यासको समान छ ।कालिदास को समयको बारेमा धेरै नै मतभेद हरु देखिएका छन्। तर सम्पुर्ण बिद्वानहरु के कुरा मा सहमति छन भने उनको समय ई. पू. को प्रथम शताब्दी . हो । यस मान्यता लाई आधार मान्ने हो भने भारतमा उज्जयिनी का राजा विक्रमादित्य को शासन काल मा कालिदास को रचनाकाल सम्बद्व छ।
किंवदन्ती का अनुसार प्रारम्भमा महान कवि कालिदास मन्दबुद्वी का एक अशिक्षित मुर्ख ब्यक्ति थिए। केहि बिद्वानहरुका अनुसार उनि एक विदुषी राजकुमारी विद्योत्तमा सँग शास्त्रार्थ मा पराजित भएका थिए। बदला लिनको लागि उनलाई झुक्काएर कालिदास को विवाह उनी सँग गरिएको थियो। विद्योत्तमा त्यो वास्तविकता बुजेर अत्यन्त दुखी तथा क्षुब्ध भएकी थिईन् । यो सम्पुर्ण बुजेर कालिदास ले विद्याप्राप्ति को लागि एक संकल्प गरेका थिए र घर छोडेर अध्ययन को लागि घरबाट निस्केका थिए र विद्वान बनेर घर फर्केका थिए । जुन कृतिका लागि महान कवि कालिदास को सर्वाधिक प्रसिद्वि प्राप्ति भयो त्यो उनको नाटक ‘अभिज्ञानशाकुंतलाम’ जसलाई बिस्वका अनेक भाषमा अनुवाद गरिएको पनि छ। उनको अर्को नाटक ‘विक्रमोर्वशीय’ र ‘मालविकाग्निमित्र’ पनि उत्कृष्ट नाट्य साहित्य कै उदाहरण हो।कालिदाषका केवल २ महाकाव्य मात्र उपलब्ध छन् – ‘रघुवंश’ तथा ‘कुमारसंभव’ जुन अहिले पनि त्यत्तिकै महत्वका साथ हेरिन्छ । काव्यकला को दृष्टिकोण बाट कालिदास को ‘मेघदूत’ एक अतुलनीय कृति हो। यस भित्रको सुन्दर सरल भाषा, प्रेम र विरह को अभिव्यक्ति र प्रकृतिको चित्रण ले नै आम पाठकलाई मन्त्र मुग्ध र भावविभोर बनाउने खालको छ। ‘मेघदूत’ लाई पनि विश्व का धेरै भाषामा अनुवाद गरिएको छ। उनको ‘ऋतु संहार’ प्रत्येक ॠतु को प्रकृति चित्रण को रचिएको रचना हो।
महाकवि कालिदास संसार कै सर्वश्रेष्ठ साहित्यकार मध्य एक थिए। उनले नाटक, महाकाव्य तथा गीतिकाव्य को क्षेत्र मा आफ्नो अदभुत रचनाशक्ति को प्रदर्शन आफ्नो छुट्टै पहिचान बनाएका थिए।कालिदास द्वारा रचिएका साना-ठुला गरी लगभग चालीस रचनाहरु छन् जसलाई बिभिन्न विद्वानहरुले कालिदास द्वारा रचिएको सिद्ध गर्ने प्रयास गरेका छन् । यिनिहरु मध्ये सात वटा रचनाहरु निर्विवाद रूप मा कालिदासकृत मानिन्छन्: ३ वटा नाटक: अभिज्ञान शाकुन्तलम्, विक्रमोर्वशीयम् र मालविकाग्निमित्रम्; २ वटा महाकाव्य: रघुवंशम् र कुमारसंभवम्; र २ खण्डकाव्य: मेघदूतम् र ऋतुसंहार।
