ads

Spark News

केहि नेपाली भजन गीतहरु

अछाम जिल्ला तुर्माखाद गाउपालिका वडा न. ५ नाग पर्बत बागेश्वरी मन्दिर नाडा मा भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा पण्डित श्री नारायण प्रसाद तिमिल्सेना ले कथा बाचन गर्नु भएको थियो | 




Read More
Spark News

Deuda khel Introduction

Deuda Khel is a Nepali genre of song and dance. Subgenres include Thadi Bhakha, Hudkeuli, Rateuli and Dhamari. Deuda khel is presented in the Sudur paschim provience of Nepal and many regions of Karnali Provience in the occasion of various festivals. Deuda khel is very popular in Achham, Kalikot Bajhang, Bajura, Doti,Baitadi, Darchulla, Dailekh surkhet, Kailali, Jumla, Humla etc. It is performed by group of male and female. 


Read More
Spark News

देउडा खेल परिचय

देउडा खेलबाट नै देउडा संस्कृतिको उत्पत्ती भएको पाइन्छ । यसमा गायकहरू गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा गितै गितमा सवाल जवाफ हुन्छ । देउडा खेललाई न्याउले पनि भनिन्छ ।  यस खेलमा प्राय: एक समूह यूवा र अर्को समूहमा युवती रहेका हुन्छन् । यूवा-यूवा बीच यूवती-यूवती बिच पनि यो सवाल जवाफको खेल हुन्छ । यो देउडा प्रचलित सबै ठाउँमा खेलेको देख्न पाइन्छ । बर्तुलाकार समुहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलिको पदचापमा सन्तुलन मिलाएर समूहमा लयवद्ध ढङ्गले गाईने र खेलिने खेल देउडा हो । तिहार सकिने बितिक्कै बैतडी तथा  सुदूर पश्चिममा जाँत पर्व सुरु हुन्छन् । त्यसबेला बालक देखि वृद्ध वृद्धा सम्म देउडा खेल्न ब्यस्त देखिन्छन् ।यो गौरा पर्व मा पनि खेल्ने गरिन्छ। देउडा खेल देउडी पारेर खेलिने खेल (नाच) हो । झ्याउरे लगायत अन्य गीतहरू गाउँदा र नाच्दा मादलको तालमा नाचिन्छ भने देउडा नाच अथवा देउडा खेलमा खुट्टाको चाल मिलाउनु पर्ने हुन्छ । यसरी खुट्टा चाल्ने कार्यलाई पैतोली अथवा पाइतो भनिन्छ । पाइतो हान्दा डेड स्टेप हान्नु पर्ने हुन्छ । एक स्टेपमा खुट्टा पुरा जान्छ भने अर्को स्टेपमा आधा जान्छ । यहाँ डेडीको प्रमुखता भएकोले यस खेलको नाम देउडा खेल र यसमा प्रयोग हुने गीतलाई देउडा गीत भनिएको हो भन्ने भनाई छ । देउडा खेलमा गीत गाउँदा पनि दुई पङ्क्ति मध्य पहिलो पङ्क्तिको श्लोक पहिलो पटक पुरा र दोस्रो पटक आधा उच्चारण हुन्छ । त्यसैले गायन र नृत्य दुईटैमा डेडीको प्रमुखता भएकोले यसलाई देउडा भनिएको हो । देउडा खेल अथवा न्याउल्या खेल भन्नाले कुनै खेलकुद नभएर एक मनोरञ्जनात्मक परम्परागत नृत्य हो भन्ने बुझ्नु पर्ने हुन्छ । देउडा खेल्ने भन्नाले गोलो घेरा बनाएर पैतोलका तालमा समूहगत रुपमा नृत्य प्रस्तुत गर्नु भन्ने बुझ्नु पर्छ । देउडा खेलका सहभागीहरूले कुममा कुम जोडेर अथवा एक आपसमा पाखुरा समातेर सामुहगत रुपमा खुट्टा अघिपछि गरेर गीतसँग सामान्य नृत्य गर्छन् ।  विभिन्न उमेर समूहका महिला तथा पुरुषहरूले यस गीतमा छुट्टा छुट्टै नृत्य गर्न सक्छन् भने एउटै समूहमा मिसिएर पनि खेल्ने गर्दछन् । देउडा खेलमा विशेष गरेर मायाप्रेम, विरह व्यथा, मानसिक भावहरूको अभिव्यक्ति तथा लोक जीवनका मार्मिक स्वरहरू प्रस्तुत भएको पाउन सकिन्छ । राजनीतिक, सामाजिक तथा वैयक्तिक व्यंग्यका साथै सामाजिक उत्पिडन, विषमता जस्ता विषयहरू देउडामा मिहीन किसिमले केलाइएर प्रस्तुत गरिएको हुन्छ । सामूहिक देउडा खेल्दा देउडियाहरू ठुलो आँगन तथा चौरमा गोलो घेरा बनाएर मुखामुख गरी दुई समूहमा विभाजित हुन्छन् । दुवै समूहतिर दुई जना गीदाउडा हरू हुन्छन् । गीतको उठान गर्ने व्याक्तिलाई गीदाउडा अथवा खेलाउडा भनिन्छ । बाँकी सहभागीहरूले तिनले भनेको गीतलाई पछ्याउँदै, पाइतो (खुट्टाको ताल) मिलाएर देउडा गायन र नृत्यमा झुम्मिन्छन् । यसरी प्रस्तुत गरिने सवाल जवाफलाई झिट्टा भनिन्छ । दोहरी शैलिमा देउडा खेल्दा गाउँ खाने कथा भन्ने गरिन्छ । यसमा प्रायः सबैजसो मान्छेले खेल्न सक्ने सामान्य किसिमको नाच प्रस्तुत गरिन्छ । देउडा खेलमा छमक्म निरिमल छमक्क, छमक्क छमक्क, लौ बिरे छमछम, ए साली, मेरी बौजु, ए भिनाजु, तान तान बाज मैना चरी, हैक्या जिरा फूल फूल्याको छैक्या, आदि थेगोहरू प्रचलनमा रहेको पाइन्छ । यसरी देउडा खेल्दा एकै ठाउँमा फरक फरक समूहहरू बनाएर पनि प्रस्तुत गर्ने गरिन्छ । बुढापाका, तन्नेरी पुरुष, महिला तथा बालबालिकाहरू छुट्टा छुट्टै रुपमा पनि देउडा खेलेको पाइन्छ । सबै उमेरका मान्छेहरू तथा युवा युवतीहरू एकै समूहमा घेरा बनाएर पनि नृत्य प्रस्तुत गरिन्छ । अपरिचित मान्छेहरू एकै खेलमा जुटेर गीतै गीतको सवाल जवाफ मार्फत परिचय गर्ने र मायाप्रेमका गीतहरू समेत अलाप्ने गर्दछन् |
साभार :
विकिपिडिया 



Read More