- शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधैमिठो हुन्छ ।“
- “ हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।“
- “म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्नसक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।“
- “ जीवनभर हामी तितो टर्रो फिक्का चियासँग लड्छौँ रअन्तिम चुस्कीतिर मात्र चाल पाउँछौ- हत्तेरी, चिनी त कपको पिँधमा जस्ताको तस्तै पो रहेछ । हाम्रो जीवनलाई सबसे मीठो बनाउने सबै चिजबिज हामीसँगै छन मात्र हामीले आफ्नो कपमा चम्चा चलाउन भुलेका हौ, कप मष्तिस्कको प्रतीक हो ।“
- “ हाम्रो व्यवहार गणितको शुन्य जस्तै हुनु पर्छ । जुनआफैमा मुल्यवान त हुदैन । तर अरू संग जोडिंदा त्यसको मुल्य बढाईदिन्छ ।“
- “ कसैले सोध्यो “जीवन के हो ? ” अति उत्तम उत्तर ,जबमान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको
यात्रालाइ जीवन भनिन्छ।“ - “ हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाईचिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा।“
- “ हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ ।त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।“
- “ मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्नेउद्देश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो ।“
- “ यदि तपाईसँग मीठो भोक र गहिरो निद्रा छ भनेसम्झिनुहोस तपाई सबसे धनी व्यक्ति हो ।“
- “ तिम्रो सफलताको बाधक
- “तिम्रो सफलताको बाधक धन होइन, किनभनेचार्ली च्याप्लीन देखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।“
- “तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभनेथोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् ।“
- “ तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो ।“
- “तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन, स्टेफनहकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए ।“
- “ तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभनेवाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।“
- तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन थाेमसएडिसन, अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफल भएका थिए ।
- “तिम्रो सफलताको बाधक त तिमी स्वयं हौ जसलेअघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तिम्रो असफलताको बाधक त तिम्रो क्षिण सोचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो,”!
- “सुरक्षा खोज्नु हो….। तिमी सिवाययो ब्रह्माण्डमा तिम्रो सपनालाई कुल्चाउन सक्ने कुनै दोश्रो ताकत छैन ।“
- “ तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमीउ भन्दा अब्बल संग काम गर्न सक्छौ । आलोचना भनेको आगो जस्तो हुनुभएन जसले कागजलाई नै खरानी बनाओस् बरु कैची जस्तो होस् । ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस् !”
- “हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाईचिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।“
- “देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिदैनन्।“
- “जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन।“
- “मीठो गीत वा फिल्म वा साहित्य वा स्मृतिले आँसुझर्छन् भने सम्झिनुस् हृदय ढुङ्गा भइसकेको छैन ।“
- “कति सम्बन्ध तिहारमा पकाएको सेल जस्तो हुन्छन्। नयाँहुँदा खासै टेस पर्दैन तर जति बासी भयो त्यत्तीनै मिठो ।“
- “मुस्कुराई रहनु नै सत्रुलाई सजाय हो ।“
- “असफलता झेल्ने आँट नभएकाहरू सफलताकाहकदार हुनै सक्दैनन् ।“
- “बहादुर त्यो होइन जो डराउँदैन, बहादुरत्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ” ।
- “ सबथोक पाएर दुःखी हुनुभन्दासबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।“
- “हामीलाई लामखुट्टेले होइन हाम्रैअल्छ्याइले टोक्छ ।“
- “सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्तिनचिनेर गरिब भइन्छ ।“
- “ सबैभन्दा सस्तो औषधि हास्नुहो, किनभने यसको कमी भयो भने सबभन्दा महंगो औषधि खान बाध्य भइन्छ ।“
- “सुख खोज्नु पर्दैन, दुःखको सदुपयोग गरे पुग्छ ।“
- “अविवाहितहरू प्रेमको प्रभावले बर्बादहुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।“
- “एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै जव केही सम्झेरखिस्स हाँस्छ, सबैभन्दा मीठो त्यही हाँसो लाग्छ ।“
- “जुन रोगको उपचारै छैन त्यही रोगको उपचार गर्नेअनगिन्ती डाक्टर निक्लिन्छन्। अनि जुन समस्याको
समाधानै छैन त्यसैको सल्लाह दिने अनगिन्ती सल्लाहकार निक्लिन्छन्।“ - “चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामाकडापनि। मान्छेपनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा !”
- “हजार खोक्रा शब्दहरूभन्दाशान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।“
- “जिब्रो एउटा त्यस्तो छुरीहो जसले खुन ननिकाली काट्न सक्छ ।“
- “हज्जारौ मैनबत्ती एउटामैनबत्तीको प्रकाश कम नगराई जलाउन सकिन्छ । यसरी नै खुसी
बाढ्दा बढ्ने गर्छ ।“ - “हाम्रो मस्तिष्कनै सबैथोक हो ।हामी जे सोच्दछौ त्यही बन्दछौ ।“
- “हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे उस्ताउस्तै हुन , जसलाई फुटाउनै पर्दैन , आफै फुट्छ।“
- “ हर कसैले चाहन्छ कि सबैले उसको प्रशंसा गरोस ..!!तर , यो ईच्छा अन्तिम संस्कार हुने दिनमा मात्र पूरा हुन्छ ।“
- ” खिचडी ” एउटा यस्तो डीस हो,जुन मान्छेको घरमा कम र दिमागमा धेरै पाक्ने गर्छ!”
- “झारपात जस्ता मान्छे जीवनबाट उखेलेर फल्दिनुस् ।तबमात्र तपाईंको साथी सर्कलले भरिएको बगैंचा सुन्दर देखिन्छ।“
- “सपना साँचो हुनका लागि सपना देख्नजरूरी छ ।“
- “तपाईका महत्वकांक्षा माथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।“
- “कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै होसामान्य, ….तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन, यो यौटा कला हो ।“
- मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैन कि “समून्द्र कहाँ पर्छ” ?
- “ नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन । मृत्यु त तब हुन्छ जबपौडिन आउदैन ! परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या त तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !”
- “परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि “जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।”
- “यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस, सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन ।“
- “जिवनमा जतिनै दुख परेपनि कहिल्यै नआतिनु किनकी विहान हुनको लागी उषाका किरण संगै शितका थोपा झर्नु पर्छ अनि खुशि हुनको लागी दुई नयनविच ऑशुका थोपा वग्नु पर्छ”
- “लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ।“
- ”रिस’ को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकांही उल्टो बोल्दा नि फाइदा हुन्छ ।”
- “मेरो एउटा पनि शत्रु छैन, शत्रु देख्यो कि मैले सिध्याइहाल्छु, उसलाई साथी बनाएर ।’
- ‘शहर र गाउँमा दुई फरक छन ।शहरमा घरहरू नजिक नजिकहुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा-टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन ।’
- ‘शहरमा घरहरू पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन, गाउँमा घरहरू कच्चा हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।’
- “मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाईथाहा हुन्छ कि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।”
- “दुनियामा एउटा पनि समस्या नभएको मान्छे को होला ? एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो ।”
- “क्षमता छ भन्दैमा हुदैन, वर्षौदेखि सूर्यले जलाउन नसकेकोकागजलाई एउटा सानो हाते लेन्सले त्यो पनि दुई मिनेटमै त्यै सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने बर्षौ लगाए पनि एउटा काम राम्रो बन्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुस यसरी केन्द्रित हुनुस ताकि तपाइको दिमागबाट पनि आगो बर्सियोस !”
- “ जसले समस्याको उपयोग गर्न सक्छ उसलेमहानतालाई छुन सक्छ ।“
- “ हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तरहामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ”!
- “ साना कुरामा भरोसा गर्नेहरूले सानैकुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् ।“
- “असफलताका दुइ कारण छन् – एक, कसैकोसल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु”
- “ कामलाई भोलीको बाहानामा पन्छ्याउनु नैमानिसको सबैभन्दा ठूलो गल्ती हो ।“
- “सफलता त्यो जमिनमुनीको पानी हो जुन सय ठाँउमाएक मिटर खन्नाले मिल्दैन बल्की एक ठाँउमा सय मिटर खन्नाले मिल्दछ ।“
- “ यो संसारलाई जान्नेहरूले भन्दा बेसी गर्नेहरूले उन्नतबनाएका हुन् ।“
- “तिम्रो डर गुरूत्वबल जस्तै हो जसले माथी चढ्न बाधापुर्याउछ भने तल खस्न सहयोग” ।
- “ जिन्दगी उनीहरूको बर्बाद हुने हो जसले उन्नत बनाउन कुनैप्रयास गर्दैनन् ।“
- “ प्रायः मानिसहरू यो भ्रममा बांचिरहेका हुन्छन् कीसफलता संघर्षमा होइन भाग्यमा अडेको हुन्छ” ।
- “उज्यालोमा त सबैले साथ दिन खोज्छन, तर असल:साथीत्यो हो जसले अध्यारोमा पनि साथ दिन्छ ।“
- “ प्रायः मानिसहरू टाकुरा चढ्ने सपना त देख्छन् तर घरअगाडीको तगारो नाघी अघि बढ्ने हिम्मत गर्न सक्दैनन् ।“
- “ आफू भित्रको संसार चियाउन सक्नुपर्छ, तब बाहिरीसंसार फिक्का लाग्नेछ ।“
- “ असंभव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।“
- “धनी हुनलाई ‘सम्पत्तीको थुप्रो’ होइन, ‘सन्तुष्ट मन’ चाहिन्छ । जब जिन्दगीमा तृप्ती मिल्छ तब साग- सिस्नु नैव्यञ्जन लाग्छ, झुपडी नै महल ।“
- “गुलावको बोटमा पनि काडा छ, चम्किलोचन्द्रमालाई पनि कालो दागले छोडेको छैन । देवकोटा”
- “पनि चुरोट पिउथे, हेमिंग्वे रक्सी खान्थे । नकरात्मकताहामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको
सकरात्मकताले त्यसलाई जित्नु हो ।“ - “ हामीले मन्दिरमा पैसा चढाउदैमा कहिल्यै धर्म हुदैन, धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना
गरिरहेका भोका पेटहरूलाई चढाउँदामा मिल्छ ।“ - “विश्व बदल्नु अघि देश बदल, देश बदल्नुअघि आफ्नोसमाज बदल, समाज बदल्नु अघि आफ्नो परिवार बदल परिवार बदल्नु अघि आफैलाई बदल । आफूलाई बदल्नका लागि आफ्नो सोच बदल । लक्ष्य जती नै उच्च भए पनि सुरूवात आफैबाट गर ।“
- “ जसले आफ्नो आत्मालाई ढाट्छ, उसले संसारलाई ढाट्नरत्तीभर पनि डर मान्दैन ।“
- “ निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नोसफलता र उपलब्धिको सम्झना गर्नुपर्छ।“
- “आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्नसकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ।“
- “ नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनिकेही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता मिल्छ।“
- “ कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यानदिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।“
- “ सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाईपनि हानी नगर ।“
- “ यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रोसोचाइको उपज हो ।“
- “ एउटा रित्तो भाडोले नै ज्यादा आवाजनिकाल्छ ।“
- “ हामी को हौं, यो हामीलाई थाहा छ तर केहामी के बन्न सक्छौ यो थाहा छैन ।“
- “ सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेसनखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस
नखाउ ।“ - “ यदि हामीले विगत र वर्तमान बिचकोविवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।“
- “हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथीउड्न सक्छ ।“
- “ हामी अव्यक्त शब्दका मालिक हौं तर तिशब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।“
- “ राजनीति कुनै खेल होइन, यो त कमाइ हुनेव्यापार हो ।“
- “ इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।“
- “ एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर
उम्रन्छ ।“ - “ मैले यो जाने की साहस भनेको नडराउनु मात्ररहेनछ बल्की डर माथी विजय पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघी बढ्दछ ।“
- “ एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ किचढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।“
- “ जबसम्म काम समाप्त हुदैन तबसम्म त्यो असंभवलाग्दछ ।“
- “ शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसलेविश्व बदल्न सक्दछ ।“
- “ मानिसको सौभाग्य भनेको थोरै भए पनि आफ्नो योजनामा बाँच्न जुर्नु हो ।“
- “ सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । मत्यसैको खोजीमा छु ।“
- “ विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ।“
- “ मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेरसोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।“
- “ हृदयमा प्रेम जगाईराख । प्रेम विनाको जीवनसूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।“
- “ साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।“
- “ अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएकोसाधारण नाम हो ।“
- “ हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ। त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई
महानताको चुचुरोमा पुर्याउछ ।“
म कसो नबनुला
- खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
- ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
- कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
- वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
- सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
- साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
- सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
- भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
- चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
- दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
- कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
- कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुककामालिक बने ।
- सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
- लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
- लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
- मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
- घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
- पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
- खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
- अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
- कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
- कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।
- गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
- SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
- तिन पटक SLC फेल हरिवंश आचार्य नामी कलाकार बने ।
- पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
- कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
- स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
- झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
- थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
- तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
- हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
- दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपती बने ।
- कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
- मन्दबुद्वी भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । भने प्रयाश गर्ने हो भने, म चाँही कसो केही बन्न नसकुला र ?